काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना



हाम्रो इकोनोमि

 

 

पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । चालक दलका सदस्यसहित कूल ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...