काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना



हाम्रो इकोनोमि

 

 

पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । चालक दलका सदस्यसहित कूल ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...