वागमतीको सभामुखमा भुवन पाठक विजयी



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बेनका उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरे । पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गरे । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन् । नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन ।

वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका एकजना प्रदेशसभा सांसद मतदानमा अनुपस्थित भएका थिए । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...