क्रिकेटर सन्दीप लामिछाने रिहा



हाम्रो इकोनोमि

 

 

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएको छन् । केन्द्रीय कारागारमा रहेका लामिछाने उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर रिहा भएका हुन् ।

सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटीको रकम बुझाएका थिए । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो । सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको  बताए । किशाेरी बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...