प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन गठबन्धन बनाएका थियौं : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनकै लागि यसअघि गठबन्धन बनाएको बताएका छन् । नेपाल हस्तकला महासंघको साधारणसभा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड अहिले पनि बलियो रहेको प्रतिनिधिसभामा लिएको विश्वासको मतले प्रष्ट पारेको बताए ।

उनले अब प्रधानमन्त्रीले सिंगो देश र जनताले थाहा पाउनेगरी कार्यक्रम ल्याउने अपेक्षा गरे । ‘प्रधानमन्त्रीसँग भोलिपनि पार्लामेन्टमा सँगै हुन्छौं । म उहाँलाई सहयोग गर्नकै लागि भोट हाल्ने मध्येको हो । हिजो पनि उहाँलाई प्रधानमन्त्री बनाउन गठबन्धन नै तयार गरेको हो’ उनले भने, ‘गठबन्धन पछिल्ला दिनमा लठबन्धन भयो । उहाँले अहिले नेतृत्व गर्नुभएको छ । एउटा वामपन्थी पार्टीको तर्फबाट परिवर्तनका लागि ज्यान दिएर हिँडेको, ज्यान हत्केलामा राखेर क्रान्ति गरेको नेता। अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...