कसैलाई दम्भ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले जनताको अग्निपरिक्षामा रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर देखाउने, भाषणा कम गर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘म राम्रा काममात्रै गर्ने, नराम्रो काम गर्दा पनि नगर्ने । गर्न पनि नदिने यो अठोटका साथ तेस्रो पटक प्रधानमन्त्री भएको छ । मैले यसलाई ठुलो अग्निपरिक्षाको रुपमा लिएको छु । धेरै ठुलो संघर्ष र बलिदानबाट संविधानसभा बन्यो । समावेश समानुपातिक मान्यताको संघीय लोकतान्त्रिक गणतन्त्र, घोषणा भयो ।’ संविधान घोषणा भएपछि जनताको आर्थिक जीवनमा अपेक्षित सुधार नभएकोप्रति जनताको मनमा प्रश्न उब्जिएको बताए।

उनले भने, ‘अहिले प्रतिनिधि सभामा जस्तो बनोट देखिन्छ । एकातिर जनताहरुमा पार्टी र नेतृत्वप्रति निराशा पनि झल्किन्छ। अर्कोतिर जनताले एकपटक मौका दिनुपर्छ भनेर ठुलो विवेक प्रयोग गरेको पनि देखिन्छ । कसैलाईै निषेध र कसैलाई दम्भ गर्ने छुट दिएको छैन । काम गर्ने चेतावनीसहितको अवसर दिएकाले मैले यो कुरालाई नेता र पार्टीहरुलाई जनताले राम्रै अग्निपरिक्षामा राखेका छन्। यहाँ पास हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...