सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने बाटो खुला



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा पुनर्वहाली गर्न क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) लाई सुझाव दिएका छन् । खेलको विषयलाई लिएर उच्च अदालतको आदेशमा केही नभनेकोबारे पत्रकारको जिज्ञासामा घिमिरेले खेलको विषयमा आदेश गर्नुपर्ने कुनै आवश्यक नै नरहेको बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।

सन्दीपलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेसँगै पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा छाड्ने आदेश दिइसकेको छ । ‘धरौटीको रकम परिवारले जम्मा गर्दै हुनुन्छ । उच्चबाट फायल जिल्लामा गएपछि पत्र लिएर आउने र स्वास्थ्य जाँच हुनेछ । तारेख लिने काम हुन्छ । साढे २ बजेसम्ममा उनी छुट्छन्’, घिमिरेले जानकारी दिए । अदालतको सर्तबारे सन्दीपलाई जानकारी गराएको पनि उनले बताए । ‘महत्वपूर्ण सर्त छन् । सन्दीपले पालना गर्नुपर्ने हुन्छ । यस्तो अपराधमा यो युनिक आदेश हो ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...