सन्दीप लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न उच्चको आदेश



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिाछाने भोलि छुट्ने भएका छन् । आज उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश पौडेलले बताए । ‘आदेशकाे पूर्णपाठ केहीबेरमा आउँछ’, उनले भने, ‘लामिछानेकाे रिहाइ सर्तसहित हाे ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन । लामिछानेलाई २० लाख रूपैयाँ धराैटी माग गरिएकाे छ । अदालतले लामिछानेसँग २० लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीनिकट स्रोतका अनुसार भोलि माग भएको धरौटी बुझाउने बताइएको छ । धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् । लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...