आदेश होइन कानुनको पालना गर्नाेस : गृहमन्त्री



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन, कानुनको पालना गर्न निर्देशन दिनुभएको छ ।भरतपुर विमानस्थलको पार्किङस्थलमा आज  पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुहरुलाई उच्च मनोबलका साथ काम गर्न र आदेशको नभई कानूनको पालना गर्न निर्देशन दिएको बताउनु भयो । ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु । कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु,’ गृहमन्त्री लामिछानेले भन्नुभयो । उहाँले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिएको बताउनु भयो । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ भन्ने जस्ता कुरा नसुन्नुहोस,’ गृहमन्त्रीको भनाई छ । उहाँले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताउनु भयो । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्न आफूले काम गरिरहेको जानकारी पनि गृहमन्त्रीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...