सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफ हुने



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ ।

बुधबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल गरेका थिए ।  ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए । एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सात दलको १ सय ६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका थिए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...