३०१ औं पृथ्वी जयन्तीमा राप्रपाको चियापान



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । ३०१ औं पृथ्वीको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरुको पनि उपस्थित रेहेको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको छ । चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए ।

सरकारमा सहभागी हुनका लागि राप्रपाले एकीकरणका पिताका रुपमा चिनिएका बडामहाराजाधिराज पृथ्वीनारायण साह जयन्तीमा बिदा दिनुपर्ने माग अघि सारेकाे थियो । त्यही मागका आधारमा मन्त्रिपरिषदको पुस २५ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको थियो । यसअघि २०७४ सालमा बिदा दिइँदै आएकोमा बिदा कटौती गर्ने क्रममा पृथ्वी जयन्तीलाई पनि कटौती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...