पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्ड गोरखा लागे



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा लागेका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना  गरेको महोत्सवको उद्घाटन गर्न प्रचण्ड गोरखा गएका हुन् । प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन्। उनले प्रतिनिधिसभामा मङ्गलवार मात्रै विश्वासको मत लिएका थिए । आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो । प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...