वागमतीमा ३ सदस्यीय मन्त्रीमण्डलको शपथ आज



हाम्रो इकोनोमि

 

 

 

वागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बिहान ९ः३० बजे मुख्यमन्त्रीको शपथग्रहण गर्ने भएका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले आज शपथग्रहण गर्ने भएका हुन् । जम्कट्टेल सँगै मन्त्रीहरूको रूपमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा राप्रपा संसदीय दलका नेता उद्धव थापालेपनि शपथग्रहण गर्ने भएका छन् । पहिलो चरणमा ३ सदस्यीय मन्त्रिपरिषद् निर्माण हुने भएको छ ।

एमालेबाट दलको नेता थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सामेल तयारीमा छन् भने राप्रपाले भौतिक पूर्वाधार विकास मन्त्रालयको माग गरेको छ । तर राप्रपाको मागको सवालमा अहिलेसम्म सहमति नजुटेको कारण आज दुवै मन्त्रीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

राप्रपाका संसदीय दलका नेता थापाले भने ‘हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयको माग गरेका हौँ, हाम्रो माग पुरा भयो भने दुवैजनाले मन्त्रालय तोकेर शपथग्रहण गर्नेछौँ, नत्र दुवै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ गर्नेछौँ ।’

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...