हामी जनताको निगरानीमा छौँ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका लागि संसद परीक्षा केन्द्र भएको बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताले संसदलाई निरन्तर निगरानीमा राखिरहेको कुरा बिर्सन नहुनेमा जोड दिए ।

प्रचण्डले विभिन्न पार्टीबाट सांसद चुनिएर आएको भएपनि जनता माझ सबैको साझा प्रतिवद्वता रहेका भन्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समस्याको पहिचान गरी समाधानमा अगाडि बढ्नुपर्ने बताएका हुन् । यस्तै, प्रचण्डले आफूहरु जनताबाट चुनिएर आएका भन्दै जनताका समस्या, गुनासालाई नजिकबाट महसुस गरेको बताए ।यो पटकको संसदमा नयाँ पार्टीबाट नयाँ अनुहारहरु पनि देखिएको भन्दै प्रचण्डले यसबाट जनताको जित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...