पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको निर्णय



हाम्रो इकोनोमि

 

 

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

यस्तै, बैठकले न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गर्दै कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ । सरकारमा रहेका दलहरूबाट एकरएक जना सदस्यहरु कार्यदलमा पठाउने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...