३५ तोला सुन र २५ लाख नगद सहित डीएसपी ठगबहादुर पक्राउ



हाम्रो इकोनोमि

 

 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । सुन कारोबारीबाट रकम असुलेको सूचनाका आधारमा प्रहरीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै पक्राउ गरेको हो ।

काठमाडौंबाट खटिएको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबीको टोलीले उनको घरका घानतलासीका क्रममा ३५ तोला सुन र २५ लाख नगद पनि बरामद गरेको छ ।

डीएसपी केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ । पक्राउ परेका डीएसपी आजै सरुवा भएर जिल्ला प्रहरी कार्यालय कास्की जाने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...