रास्वपा सरकारमा जान तयार, उपप्रधानमन्त्रीमा रविको दावी



हाम्रो इकोनोमि

 

 

पहिलोपटक चुनाव लडेर चौंथो शक्तिको रुपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ । हिजो बालकोटमा गठवन्धनका सूत्रधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संक्षिप्त छलफलपछि रास्वपाले सरकारमा सहभागी हुने तयारी गरेको हो । पार्टी स्रोतका अनुसार आफूहरुले उठाएका आधारभूत एजेन्डामा समझदारी र पदीय मिलान सन्तोषजनक भए सभापति रवि लामिछाने स्वयम् सरकारमा जाने छन् । रविले उपप्रधानमन्त्री सहित जनतासँग जोडिने महत्वपूर्ण मन्त्रालयको दावी गर्ने स्रोतको भनाइ छ ।

‘उहाँले ‘मालदार’ मन्त्रालयभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने र कामकाजी मन्त्रालयमा जान चाहनु भएको छ, अहिले हुने गठवन्धन वैठकमा त्यही कुरा राख्नुहुन्छ,’ स्रोतले भन्यो । हिजो ओलीसँग बालकोटमा भएको वैठकमा लामिछानेले आफ्नो मुख्य एजेन्डाहरु सहित मन्त्रालय बाँडफाँडको विषयमा छलफल गर्न चाहेका थिए । तर, समयको चापले गर्दा त्यो सम्भव भएन । पाँच मिनेटजति रविले ओलीसँग छलफल गरेपश्चात प्रचण्ड बालकोट आइपुगे । त्यसपछि विभिन्न पार्टीहरुको संयुक्त वैठकमा रवि सहभागी भएका थिए ।

स्रोतका अनुसार रविलाई उपप्रधानमन्त्री बनाउने विषयमा ओली–प्रचण्ड सकारात्मक छन् । उनले पाउने मन्त्रालयको भने टुंगो भएको छैन । अरु पनि थुप्रै पार्टीसँग भागबण्डा मिलाउनुपर्ने भएकाले मन्त्रालय नटुंगिएको हो । रास्वपाका एक नेता तेस्रो पार्टीको प्रमुखले प्रधानमन्त्री पाउँदा चौंथो पार्टीको प्रमुख मन्त्री मात्रै लिएर सरकारमा जानु असुहाउँदो हुने बताउँछन् । उनले भने, ‘हामीले उपप्रधानमन्त्रीमा दावी गर्नु एकदमै स्वभाविक छ । पार्टीको हैसियतका हिसाबले हेर्दा पनि सभापतिज्यू मन्त्री मात्रै बन्न सुहाउँदो हुँदैन ।’

रास्वपाले सरकारमा कुन कुन मन्त्रालय चाहेको छ त रु ती नेताका अनुसार रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयमा पार्टीको रुची छैन । गृह मन्त्रालय लिन सकिने सम्भावनाबारे छलफल भइरहेको उनले बताए । त्यो नपाएको खण्डमा शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रम, यातायातजस्ता जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयहरुमा रास्वपाले दावी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...