प्रधानमन्त्री नपाए गठबन्धन छाडेर प्रतिपक्षमा बस्ने माओवादीको अडान



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो। माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ हुँदैन। गठबन्धन छाडेर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ।’

यद्यपि, अहिले बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच निर्णायक छलफल चलिरहेको छ। प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए । निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन् । निधिले शनिवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए । तर, माओवादीका युवा नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नपाए प्रतिपक्ष बस्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘विषयलाई सहज बनाऔँ। पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ । नत्र राष्ट्रपति ले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उनले चाहेको पनि यही हो । देउवाले गठबन्धन छोडेको हुन्छ ।’ राष्ट्रपतिले दिएको समय सीमा कटे संविधानतः देउवा प्रधानमन्त्री हुने भएकाले कांग्रेसले त्यही चाहेको उनको भनाइ छ।

‘गठबन्धनको दोस्रो ठुलो दल माओवादीले रास्ट्रपती र प्रममध्य एक त अधिकार हो । दुवै नमाने हामी प्रतिपक्ष हुन्छौ’ उनले भनेका छन्, ‘यति भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा हाम्रो विकल्प खुल्ला हुन्छ । अब बल्ल अरू राजनीतिक दल हाम्रो दैलोमा आउनुपर्छ ।’ ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री भए राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा विकल्प खुल्ला हुने भएकाले अरू राजनीतिक दल माओवादीको दैलोमा आउने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...