एमाले देखाएर वार्गेनिङ पावर बढाउँदै काँग्रेस –माओवादी



हाम्रो इकोनोमि

 

 

.

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा घर्कदैं गएका बेला राजनीति दलहरूमा सरगर्मी बढेको छ । सरगर्मीको केन्द्र भागमा रहेको छ नेकपा( एमाले) । एमालेकै हाउँगुजी देखाएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) एकअर्कालाई तर्साउन, धम्काउन र फकाउन ब्यस्त छन् ।

काँग्रेस र माओवादीमा प्रधानमन्त्रीमा मै पहिले भन्ने होड चलेको छ । दुवैले एमाले देखाएर एकअर्कालाई तर्साएर वार्गेनिङ गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड जहिले उधारोले घाटा परेको भन्दै यसपटक हाताहाती खोजीरहनु भएको छ । उहाँ यसपटक जसरी पनि पहिले आफू प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । सकेसम्म सत्तागठबन्धन नटुटाई त्यसैको जगमा प्रधानमन्त्री हुने नभए एमालेसँग मिलेर पनि प्रधानमन्त्री पहिले आफै हुने दुवै पक्षका नेताहरूको दाउ छ ।

काँग्रेस –माओवादी दुवै एमालेसँग मिलेर सरकार बनाउन चाहन्छन्, तर गठबन्धन टुटाएको दोष एकअर्काको टाउकोमा थुपारेर । काँग्रेस–एमाले मिल्दा सरकार बनाउन तेश्रो दल खोज्नु परेन त्यो सुविधा र सरकार दिगो हुने सम्भावना तर लोकतन्त्रका लागि दिर्घकालीनरुपमा यो घाटाको लेनदेन हुनेछ । माओवादी –एमाले मिल्दा समान विचारका पार्टीबीचको सहकार्य हुन्छ ।

 

 

यो प्राकृतिक हो, तर काँग्रेस –एमाले मिलेजस्तो होइन माओवादी र एमालेको मिलाई । माओवादी –एमाले मिल्दा सरकार बनाउन बहुमत पुर्याउन अन्य दलहरूको खाजी गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...