सिके राउतलाई मधेसी आयोगले सोध्यो स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

मधेशी आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयाेगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ( २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ । त्यसको असर नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरु माथि नकारात्मक प्रभाव परेको देखिने आयोगले जनाएको छ । आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन आयोगले निर्देशन दिएको उपसचिव सविता डंगोलले बताइन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...