सिके राउतलाई मधेसी आयोगले सोध्यो स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

मधेशी आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयाेगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ( २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ । त्यसको असर नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरु माथि नकारात्मक प्रभाव परेको देखिने आयोगले जनाएको छ । आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन आयोगले निर्देशन दिएको उपसचिव सविता डंगोलले बताइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...