चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

 

बिकिनी किलरका नाममा परिचित चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा शोभराज जन्मकैदको सजाय काटिरहेका छन् । शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको हो ।

शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ। शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...