गगन थापालाई क-कसले दियो धोका, यस्तो छ नालिबेली



 

 

सोमबार रातिसम्म गगन थापाको ‘कोर टीम’ ले ३४ जना सांसद आफ्नो पक्षमा निकालेको थियो । जतिबेला गगनको टीमका सदस्य बालुवाटारबाट खटाइएका भनिएका सादा पोशाकका प्रहरीको परिचयपत्र थुतेर सामाजिक सञ्जालमा हाल्दैथिए, त्यति नै बेला गगन पक्षले आफ्नो मानेका दुईजना सांसद बालुवाटार छिर्दै थिए ।

सप्तरीका तेजुलाल चौधरी र रौतहटका देवप्रसाद तिमल्सिना पालैपालो बालुवाटारभित्रबाट प्रधानमन्त्री शेरबहादुर देउवादम्पतीलाई भेटेर बाहिरिँदा गगनको हिसाब बिग्रिसकेको थियो । तर, पनि बिहानसम्म गगन पक्ष कम्तीमा ३४ बढीमा ३७ सांसदको हिसाब लगाइरहेको थियो । महाधिवेशनको पक्षधरताका आधारमा शेखर गगन पक्षका २७ सांसद थिए । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, दीपक गिरी र रूपा विकको भोट थपिँदा ३१ पुगेको थियो ।

गगन पक्षले त्यसमा देउवा समूहका स्याङ्जाका राजु थापा, काठमाडौंका सन्तोष चालिसे, राजेन्द्र केसीलगायतको पनि मत थपिने अपेक्षा गरेको थियो । यतिसम्मकी विश्वप्रकाश शर्मासँग निकट भएका कारण सिन्धुलीका श्याम घिमिरेको मत पनि पाउने गगन पक्षको महात्वाकांक्षा थियो । तर, मतपरिणाम सार्वजनिक हुँदा गगन थापाले आफ्नै गुट र आफ्ना प्रस्तावक समर्थकसमेत थपिएपछिको ३१ मत पनि जोगाउन सकेनन् ।

गगन पुस्तान्तरणको एजेण्डा लिएर भुइँको समेत टिपेर चुनाव जित्न चाहन्थे, तर परिणाममा उनले पोल्टाको पनि गुमाए । देउवा समूहबाट क्रस भोट गराउन असफल भएका उनले आफ्नो समूहको क्रस भोट समेत रोक्न सकेनन् । सांसदहरूले मत हालेको फोटो खिच्न थालेपछि उनको पराजय निश्चित भइसकेको थियो ।

एक थान मन्त्रीको लागि यसपटक कांग्रेसका सांसदहरू जे पनि गर्न तयार छन् भन्ने यसले देखाएको छ । हुन पनि यसपटक रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का तहका नेताहरू समेत एकबारको जुनीमा एक थान मन्त्री भने पनि नछाड्ने तहमा पुगिसकेका छन् । यस्तामा जुनियनर सांसदले गुट होइन मन्त्रीको आश्वासनलाई विश्वास गरे ।

गगनले २५ मत पाउँदा उनको पक्षमा सोमबार साँझसम्म प्रष्टरूपमा देखिएको ६ मत पनि देउवातिर गयो । गगनको कोर टीमले अपेक्षा गरेका अरु कम्तीमा ७ देखि १० मत आएनन् । केही सांसदले मतपत्रको फोटो खिच्न थालेपछि नै गगनले यसको संकेत दिइसकेका थिए । कतिपय शेखर-गगन पक्षकै सांसदले फोटो खिचेर आरजु देउवालाई ह्वाट्सएप गरेका थिए ।

गगनको कोर टीमको रातो घेरामा परेका ती सांसदले भने, ‘हुन त मलाई पनि उनीहरूले भोट नदिनेको सूचीमा राखेका छन् । तर मैले धर्म निभाएको छु । तर, रामचन्द्र, शशांकहरूप्रति गरिएको अमर्यादित टिप्पणी, प्रहरीमाथिको उच्छृंखल व्यवहार र घण्टी (रास्वपा) का कार्यकर्ताहरूबाट सांसदहरूलाई सार्वजनिकरूपमा दिइएको धम्कीपूर्ण फेसबुक मेसेज तथा स्टाटसहरूले पनि कतिपय सांसद इरिटेड भए ।’

गगनको पक्षमा आ-आफ्नो क्षेत्रका सांसदहरूलाई खबरदारी गरेर फेसबुक मेसेज तथा एसएमएस गर्नेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता प्रयोग भएको आरोपसमेत लगाइएको छ । विश्वप्रकाश र प्रदीप पौडेलको इन्ट्रीले कतिपय कांग्रेस सांसद भड्किएको दाबी पनि गरिएको छ ।

चुनाव हारेपछि त्यसका अनेक कारणहरूको विश्लेषण हुनु स्वाभाविक हो । तर, गगनको उदयमा कुण्ठा पाल्ने केही नेता शेखर गगन गुटमै छन् । उनीहरूले बाध्य भएर शेखरले समर्थन गरेपछि गगनको पक्ष लिएको देखाए पनि भित्र मतदानमा देउवालाई मत दिएर त्यसको प्रमाण बालुवाटार पुर्याएको आरोपसमेत छ ।

केही दिनमै गठबन्धनको सरकार बनेर त्यसमा पर्ने मन्त्रीहरूको अनुहारले पनि गगनको चुनावमा उनकै गुटका क-कसले धोका दिए भन्ने अनुमान लगाउन सकिने नेताहरू बताउँछन् । तर, गगनकै दौँतरी तथा उनीभन्दा सिनियर ५०/६० कटिसकेका ‘युवा नेता’ हरूले उनलाई मत नदिएको आशंका छ ।

गगननिकट एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘हारेपछि अरु धेरै टिप्पणी गर्नुको अर्थ छैन । प्रष्ट भन्दा शेखर कोइराला र धनराज गुरुङ पक्षले भोट दिएन ।शेखरले छाड्ने हो भने उपसभापतिको हैसियतले म उठ्नुपर्छ भनेर धनराजले आफुनो रुप देखाइसकेको थियो । उनीहरुसहित चन्द्र भण्डारी समेत एक थान मन्त्रीमा लोभिएपछि यो परिणाम स्वभाविक थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल