नेकपा एमालेका अध्यक्ष ओली सम्मानित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाटै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा ज्येष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले सम्मान गरेका हुन् ।

ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुलाई सामुहिक रुपमा अभिनन्दन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...