सांसदलाई पशुपति शमशेर जबराले शपथ खुवाउने



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने हुनुभएको छ । नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो । संघीय संसद् सचिवालयका एक सहसचिवका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा जेष्ठ हुनुभएको हो ।

नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव सबैभन्दा बढी उमेरको भए पनि उहाँले शपथ गराउनु हुने छैन । उहाँले नागरिकतामा वास्तविकभन्दा बढी उमेर राखेको स्वीकार गरेर संसद्‍मा ज्येष्ठ सदस्यले सबै सांसदलाई शपथ गराउँदा अनुपस्थित रहनेछन् ।

२०७४ को प्रतिनिधिसभामा पनि यादव अनुपस्थित रहेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराउनुभएको थियो । यसपट भने चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को जेष्ठ सदस्य भन्ने टुंगो लागेको थिएन । सहसचिवले भन्नुभयो महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गर्नुभयो । पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिनुभयो । वि.सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ ।

२०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइयो । उहाँहरूबीच १ महिना २६ दिनको अन्तर छ । नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठानुभएको छ ।

उहाँले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेख्नुभएको हो । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको छ । राष्ट्रपति कार्यालयले मंगलबार, बुधबार वा बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनुहुने छ । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...