शेखर-गगनबीच छुट्टै भेट, एकजनाको नाममा सहमति हुने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्नुअघि आज सो समूहबाट प्रधानमन्त्रीका दुई आकाङ्क्षीहरू शेखर कोइराला र गगन थापाबीच भेटघाट भएको छ । पार्टीका सहमहामन्त्री जीवन परियारले नेताद्वयबीच छुट्टै भेट भएको पत्रकारहरूलाई बताए । शेखर समूहको बैठक हिजो काठमाडौंको एक होटलमा बसेको थियो । राति अबेरसम्म बसेको बैठकमा सो समूहका नेताहरूले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन दबाब दिएका छन् । सहमहामन्त्री परियारले दुवै नेताहरू यस विषयमा सकारात्मक रहेको दाबी गरे ।

उनले भने, ‘१४ महाधिवेशनको टिमलाई १५ औँ महाधिवेशनमा एक ढिक्का राख्नुपर्छ भन्ने हामी सबैको मत हो । यसमा नेताद्वय पनि एकदमै गम्भीर देखिनुभएको छ ।’ आफ्नै समूहभित्र दुई नेताहरूले प्रतिस्पर्धा गर्ने स्थिति आयो भने त्यो कांग्रेसका निम्ति र मुलुकका निम्तिसमेत दुर्भाग्य हुने परियारको भनाइ छ । आजको बैठकबाट दुईमध्ये एकजनाको नाममा सहमतिमा पुगेर संसदीय दलको चुनावका लागि मनोनयन दर्ता गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...