शेखर-गगनबीच छुट्टै भेट, एकजनाको नाममा सहमति हुने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्नुअघि आज सो समूहबाट प्रधानमन्त्रीका दुई आकाङ्क्षीहरू शेखर कोइराला र गगन थापाबीच भेटघाट भएको छ । पार्टीका सहमहामन्त्री जीवन परियारले नेताद्वयबीच छुट्टै भेट भएको पत्रकारहरूलाई बताए । शेखर समूहको बैठक हिजो काठमाडौंको एक होटलमा बसेको थियो । राति अबेरसम्म बसेको बैठकमा सो समूहका नेताहरूले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन दबाब दिएका छन् । सहमहामन्त्री परियारले दुवै नेताहरू यस विषयमा सकारात्मक रहेको दाबी गरे ।

उनले भने, ‘१४ महाधिवेशनको टिमलाई १५ औँ महाधिवेशनमा एक ढिक्का राख्नुपर्छ भन्ने हामी सबैको मत हो । यसमा नेताद्वय पनि एकदमै गम्भीर देखिनुभएको छ ।’ आफ्नै समूहभित्र दुई नेताहरूले प्रतिस्पर्धा गर्ने स्थिति आयो भने त्यो कांग्रेसका निम्ति र मुलुकका निम्तिसमेत दुर्भाग्य हुने परियारको भनाइ छ । आजको बैठकबाट दुईमध्ये एकजनाको नाममा सहमतिमा पुगेर संसदीय दलको चुनावका लागि मनोनयन दर्ता गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...