नेकपा एसको संसदीय दलमा राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत हुँदा उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । संसदीय दलको सोमवार बसेको बैठकले संसदीय राजनीतिका अनुभवी नेताहरूलाई पदाधिकारी चयन गरेको हो । पाण्डे उपनेता हुँदा प्रकाश ज्वाला प्रमुख सचेतक चयन भएका छन् ।

ज्वालाको संघीय संसदमा तेस्रोपटक जित हो भने यसअघि उनी प्रदेशसभा सदस्य भएका थिए । राष्ट्रिय पार्टी नभए पनि नेकपा एसले संसदीय दलको कार्यालय भने पाउनेछ । पार्टीका पदाधिकारीमध्ये अध्यक्ष माधव नेपालपछि उपाध्यक्षबाट राजेन्द्र पाण्डेमात्र सांसद निर्वाचित भएका छन् । महासचिव डा.बेदुराम भुसाल राष्ट्रियसभा सदस्य छन् भने उपमहासचिवमध्ये प्रकाश ज्वालाले मात्र चुनाव जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...