नेकपा एसको संसदीय दलमा राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत हुँदा उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । संसदीय दलको सोमवार बसेको बैठकले संसदीय राजनीतिका अनुभवी नेताहरूलाई पदाधिकारी चयन गरेको हो । पाण्डे उपनेता हुँदा प्रकाश ज्वाला प्रमुख सचेतक चयन भएका छन् ।

ज्वालाको संघीय संसदमा तेस्रोपटक जित हो भने यसअघि उनी प्रदेशसभा सदस्य भएका थिए । राष्ट्रिय पार्टी नभए पनि नेकपा एसले संसदीय दलको कार्यालय भने पाउनेछ । पार्टीका पदाधिकारीमध्ये अध्यक्ष माधव नेपालपछि उपाध्यक्षबाट राजेन्द्र पाण्डेमात्र सांसद निर्वाचित भएका छन् । महासचिव डा.बेदुराम भुसाल राष्ट्रियसभा सदस्य छन् भने उपमहासचिवमध्ये प्रकाश ज्वालाले मात्र चुनाव जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...