कांग्रेस संसदीय दलको चुनाव बुधबार (तालिकासहित)



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदानपछि सोही दिन परिणाम घोषणा गरिनेछ । मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

 

यस्तो छ कांग्रेस संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यतालिका

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...