कांग्रेस संसदीय दलको चुनाव बुधबार (तालिकासहित)



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक चुनावी कार्यक्रमअनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदानपछि सोही दिन परिणाम घोषणा गरिनेछ । मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।

आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

 

यस्तो छ कांग्रेस संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यतालिका

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...