अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’सार्वजनिक



 

 

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले संयुक्त रूपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस (१८ डिसेम्बर) को अवसरमा ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’सार्वजनिक गरेको छ। श्रम मन्त्रालयले नियमित
रुपमा निकाल्दै आएको आवधिक प्रतिवेदनलाई निरन्तरता दिँदै यस प्रतिवेदनले विक्रम सम्वत २०७७ – २०७८ सम्मको
अवधिमा नेपालको श्रम आप्रवासन क्षेत्रमा भएका प्रमुख प्रवृत्ति र गतिविधिहरूलाई समेटेको। श्रम मन्त्रालयले श्रम आप्रवासन सम्बन्धी सेवालाई अनलाइन प्रणालीमा सारेको, घर फर्केका आप्रवासी कामदारको पुनःएकीकरणका लागि नयाँ निर्देशिका तथा कार्यविधि अपनाएको, मुख्य श्रम गन्तव्य मुलुकमा रहेका आप्रवासी हरुलाई लक्षित गर्दै श्रम आप्रवासन सम्बन्धी समस्यालाई सम्बोधन गर्ने गरी अध्यागमन निती परिमार्जन गरेको जस्ता नीति तथा कानुनी उपायहरु अवलम्बन गरी श्रम आप्रवासनको क्षेत्रमा रहेका समस्या हरुलाई सम्बोधन गर्ने प्रयास गरेको कुरा प्रतिवेदनमा उल्लेख छ। यसका बाबजुद पनि नेपाली आप्रवासी कामदारहरूको स्वास्थ्य तथा सुरक्षाका समस्याहरु साथै ठगी, दुर्व्यवहार तथा शोषणका घटनाहरू भईरहेको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले ‘सम्पूर्ण सत्य तथ्य बुझेर मात्र लिइने आप्रवासनको निर्णय, सचेतना, संवेदनशीलता, तथा आप्रवासीहरूका लागि गन्तव्य मुलुक अनुसारको विदेश जानु अघि र साथै स्वदेश फर्केपछि अभिमुखिकरण तालिम दिइनुपर्ने आवश्यकतामा जोड दिएको छ। त्यसैगरी, ‘रोजगारदाताले खर्च व्यहोर्ने’(कामदार भर्ना सम्बन्धी लागत कामदारले नभै रोजगारदाताले वहन गर्नुपर्ने) सिद्धान्तको कार्यान्वयन लगायत निष्पक्ष र नैतिक भर्ना सुनिश्चित गर्न सरकारले गरेका प्रयासहरुलाई साथ दिन पनि प्रतिवेदनले आग्रह गरेको छ।

श्रम आप्रवासन विगत केहि दशक यता नेपालीहरुको जीविकोपार्जनको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। विश्व बैंकका
अनुसार सन् २०२१ मा देशको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २४ प्रतिशत रहेको थियो। कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले प्रतिवेदनले आप्रवासनका नविनतम आयामहरुलाई समेटेको बताउँदै यो सबै पेशा र वर्गका मानिसहरुका लागि श्रोत सामाग्रीका रुपमा उपयोगी हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसले सम्पूर्ण श्रमिकहरुलाई आफ्नो कर्म प्रति गर्व गर्ने तथा आफ्नो हक अधिकार प्रति एक्यवद्ध भएर अघि बढ्ने बातावरण श्रीजना गरोस् भन्ने शुभकामना दिनु भयो ।

“नेपाली श्रम आप्रवासन क्षेत्रका हरेक पक्षलाई समेट्ने यस्तो प्रतिवेदन तयार पार्ने कार्यमा नेपाल सरकार तथा अन्य प्रमुख
सरोकारवालाहरूसँग विगतमा जस्तै यस वर्ष पनि हातेमालो गर्न सकेकोमा मलाई खुशी लागेको छ, जसले अन्ततः दिगो
विकास लक्ष्य तथा आप्रवासन सम्बन्धी विश्वव्यापी सम्झौता (जीसिएम) ले परिकल्पना गरे जस्तै श्रम आप्रवासन
सुशासनलाई सुदृढ गर्न र सुरक्षित, व्यबस्थित तथा मर्यादित आप्रवासन सुनिश्चित गर्न योगदान पुर्‍याउनेछ भन्ने मलाई
विश्वास छ,आइओएम नेपाल प्रमुख लोरेना ल्यान्डोले भन्नुभयो।

विश्वभरका सबै आप्रवासीहरूमा समर्पित आज अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा यस प्रतिवेदन प्रस्तुत गर्दै हामी
आप्रवासीहरूप्रतिको नकारात्मक धारणालाई कम गर्दै सामाजिक एकता तथा मानव गतिशिलता आमानवीय नभै मानवीय
बनाउने हाम्रो उद्देश्यमा योगदान दिइरहेका छौं, उहाँले अगाडि भन्नुभयो। प्रतिवेदन सार्वजनिक भएकोमा मन्त्रालयलाई बधाई दिँदै आईएलओ नेपालका कार्यवाहक निर्देशक फ्रेडि ग्वोकनले, प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको आधार गहन अनुसन्धान र सामाजिक संवाद नै हो,” भन्नुभयो।

सन् २०१४ देखि यस अत्यन्त महत्त्वपूर्ण कार्यको लागि हाम्रो सहयोग जारी राख्न पाउँदा हामी हर्षित छौं र यो प्रतिवेदन
हामी नेपालमा श्रम आप्रवासन सम्बन्धी मुख्य प्रवृत्ति तथा मुद्दाहरूलाई अरु बढि व्यापक ढंगले बुझ्न मात्र नभै यस कार्यले
आप्रवासी श्रमिक तथा उहाँहरुको परिवारहरुको अधिकार सुनिश्चित गर्ने आप्रवासन सुशासन तर्फ योगदान पुर्याउन सक्नेमा
विश्वस्त छौं,उहाँले अगाडि भन्नुभयो। प्रतिवेदन तयार गर्न सरकारलाई आईओएम, आईएलओ र सामीले सहयोग गरेका हुन् । कार्यक्रममा विभिन्न सरकारी निकायहरु, नागरिक समाज, विकास साझेदार संस्थाहरु, शिक्षाविद्, अनुसन्धानकर्ता, संयुक्त राष्ट्रसंघ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विश्वभर प्रत्येक वर्ष १८ डिसेम्बरमा सन् १९९० मा संयुक्त राष्ट्रसंघको महासभाले सबै आप्रवासी कामदार र तिनका
परिवारका सदस्यहरूको अधिकारको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको वार्षिकोत्सव मनाउन
अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिन्छ। नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’भन्ने नाराका साथ देशभर यो
दिवस मनाइएको हो।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल