एमाले र नयाँ आएका पार्टीसँग छलफल चलिरहेको छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र समझदारीबाटै टुंग्याउने हो । सहमतिमै जिम्मेवारी आयो भने लिने हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो अहिले पनि छ त्यो समझदारी ‘, उनले भने । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डले बताए ।

एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले भने, ‘स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको छ । नयाँ आएका पार्टीसँग पनि कुरा चलिरहेको छ ।’

आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर छ । ‘गठबन्धन, संविधान, निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु । आफैँ हुनुपर्छ भनेको छैन ‘, प्रचण्डको भनाइ थियो ।

माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए । प्रचण्डले थपे, ‘कुरा हुने कुरैले टुंगोमा पुग्यो भन्ने सोच्न हुँदैन । तर, अहिले गठबन्धनमा छौं गठबन्धन नै कायम रहन्छ ।’ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...