एमाले र नयाँ आएका पार्टीसँग छलफल चलिरहेको छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र समझदारीबाटै टुंग्याउने हो । सहमतिमै जिम्मेवारी आयो भने लिने हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो अहिले पनि छ त्यो समझदारी ‘, उनले भने । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डले बताए ।

एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले भने, ‘स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको छ । नयाँ आएका पार्टीसँग पनि कुरा चलिरहेको छ ।’

आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर छ । ‘गठबन्धन, संविधान, निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु । आफैँ हुनुपर्छ भनेको छैन ‘, प्रचण्डको भनाइ थियो ।

माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए । प्रचण्डले थपे, ‘कुरा हुने कुरैले टुंगोमा पुग्यो भन्ने सोच्न हुँदैन । तर, अहिले गठबन्धनमा छौं गठबन्धन नै कायम रहन्छ ।’ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...