एमाले र नयाँ आएका पार्टीसँग छलफल चलिरहेको छ : प्रचण्ड



 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र समझदारीबाटै टुंग्याउने हो । सहमतिमै जिम्मेवारी आयो भने लिने हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो अहिले पनि छ त्यो समझदारी ‘, उनले भने । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डले बताए ।

एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले भने, ‘स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको छ । नयाँ आएका पार्टीसँग पनि कुरा चलिरहेको छ ।’

आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर छ । ‘गठबन्धन, संविधान, निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु । आफैँ हुनुपर्छ भनेको छैन ‘, प्रचण्डको भनाइ थियो ।

माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए । प्रचण्डले थपे, ‘कुरा हुने कुरैले टुंगोमा पुग्यो भन्ने सोच्न हुँदैन । तर, अहिले गठबन्धनमा छौं गठबन्धन नै कायम रहन्छ ।’ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने बताए ।

प्रतिक्रिया दिनुहोस
मधेशका नेताले जनता अल्मल्याए : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

          ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

कर्णाली विकास बैंकको १ अर्ब २६ करोड झ्वाम

    नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र

पानी जहाज सञ्चालन सम्बन्धी विधेयक संसदमा

    पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने भएको छ । यसका लागि