राष्ट्रपति, प्रधानमन्त्री दुवै नछाडने देउवाको संकेत



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदसँगै राष्ट्रपतिसमेत नछाड्ने निष्कर्षमा पुग्नुभएको छ । सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीको बटमलाइन बनाइरहनु भएको बेला प्रधानमन्त्री देउवाले दुवै पद कांग्रेसमै राखेर सभामुख मात्रै दिने निश्कर्ष निकाल्नुभएको हो । प्रधानमन्त्री देउवा निकट एक नेताले  दिएको जानकारीअनुसार देउवाले प्रधानमन्त्री आफै हुने र राष्ट्रपतिसमेत माओवादी वा गठबन्धनका अन्य कुनै दललाई दिन नसकिने निश्कर्ष उहाँले सुनाउनु भएको छ ।

माओवादी अध्यक्ष दाहालले पटक–पटक प्रधानमन्त्रीका लागि दबाब दिनुभएको अवस्थामा देउवाले राष्ट्रपतिसमेत नछाडने निर्णय लिएको र हैसियतअनुसार माओवादीलाई सभामुख र नेकपा एकीकृत समाजवादीलाई उपसभामुख मात्रै दिन सकिने अडान देउवाले लिनुभएको ती नेताको भनाई छ । ‘माओवादी वा नेकपा एसलाई राष्ट्रपति दिन सकिदैन, प्रधानमन्त्री त म छाडदिन, चुनावको म्याण्डेट पनि त्यही हो,’ आफू निकटसँगको छलफलमा प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै ती नेताले भने ।

उनका अनुसार देउवा जस्तोसुकै दवाव आए पनि प्रधानमन्त्री पद नछाड्ने र राष्ट्रपतिसमेत माओवादी वा गठबन्धनका अन्इ दललाई दिन नहुने निष्कर्षमा पुग्नुभएको छ । चुनावको म्याण्डेटले प्रचण्ड र माधवको पाटीृलाई कहाँ राष्ट्रपति–प्रधानमन्त्री दिने हैसियत दिएको छ ? चुनाव हामीले जिताइ दिने अनि ठुल्ठूला कुरा गरेर हुन्छ ? प्रधानमन्त्री मै हुने हो, राष्ट्रपति पनि दिइन्न,’ आफ्नो कोर टीमको छलफलमा देउवाको भनाई उधृत गर्दै ती नेताले भने ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवाले चुनावी परिणामले राष्ट्रपति–प्रधानमन्त्रीमा दावी गर्ने हैसियत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीदेखि गठबन्धनमा रहेका अन्य दलको नरहेको निश्कर्षसमेत सुनाउनु भएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ सिटसहित ८९ सिटसहित पहिलो दल बनेको छ । चुनावबाट निर्वाचित सवै सांसदहरुले समेत कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राखेपछि देउवा यस्तो निश्कर्षमा पुग्नुभएको हो । सांसदहरूले देउवासहित शीर्ष नेतृत्वलाई दबाबकै शैलीमा पहिले कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राखेका थिए ।

अधिकांश सांसदहरूले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले देउवाको मनोबल उच्च भएको छ । यता माओवादी अध्यक्ष प्रचण्डले भने यसअघि आफूले प्रधानमन्त्री बनाएको कारण पहिलो कार्यकालको प्रधानमन्त्री आफू हुनुपर्ने अडान देउवासामू राखिसक्नु भएको छ । प्रधानमन्त्री नपाए नेकपा एमालेसँग मिल्ने धम्की प्रचण्डले दिए पनि दुई दल मिल्नसक्ने अवस्था आलसम्म देखिएको छैन ।

नेकपा एकीकृत समाजवादीको १० सिटसहित ६० सिट आफ्नो पक्षमा रहेको दाबी प्रचण्डले गरिसक्नु भएको छ । स्रोतका अनुसार देउवा गठबन्धनका दललाई मनाउन आफूपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहमति जनाउने र सभामुख, उपराष्ट्रपति, उपसभामुख गठबन्धनका दललाई दिने योजनासहित अघि बढनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...