सरकार गठनमा रुमलिएको गठबन्धन



हाम्रो इकोनोमि

 

 

 

अनिता श्रेष्ठ

 

नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता स्वार्थका कारण माओवादी केन्द्रलगायतका दलहरूसँग सम्बन्ध बढाएपछि नेकांका धेरै नेता तथा कार्यकर्ताहरूको एमालेप्रति सहानुभूति र आकर्षण बढेको देखिएको छ । समानुपातिकतर्फ एमालेले पाएको मतले पनि यसको पुष्टि गरेको छ । त्यसैले प्रम देउवाले एमालेसँग मिलेर सरकार गठन नगरेको खण्डमा नेपाली काङ्ग्रेसमा कुनै न कुनै किसिमको विग्रह आउन सक्ने सम्भावना देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा कसरी फेरि पनि प्रधानमन्त्री पदमै रहिरहन सकिन्छ भन्ने उपायको खोजीमा रहेको देखिएको छ । पार्टीको संसदीय दलको नेतामा छनोट नै नभइ प्रधानमन्त्री भएरमात्र दलको बैठक राख्ने कि, पुरानै सत्ता गठबन्धनलाई निरन्तरता दिने कि, सिधै एमालेसँग मिलेर सरकार बनाउने कि, गैरकम्युनिष्टहरूलाई मात्र समेटेर सरकार बनाउन पाए पनि हुन्थ्यो, आफ्नो पार्टीका प्रधानमन्त्री पदका आकाङ्क्षीहरूलाई कसरी ब्यवस्थापन गर्ने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा नझिकेपनि हुन्थ्यो लगायतका अनेक तनावले देउवालाई सताएको देखिएको छ ।

उता एमाले र माओवादी केन्द्रका बीचपनि सत्ता साझेदारीमा विषयमा औपचारिकरूपमै छफलहरू थालिएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरेपछि नेपाली काङ्ग्रेसका नेताहरूको ओठतालु सुकेको धेरैले अनुभव गरेका छन् । यसअघिको सरकार गठन गर्दै प्रधानमन्त्री पदका लागि आलोपालो भनिएका कारण नेकां माओवादी केन्द्रका अध्यक्षका लागि प्रधानमन्त्री पदमा समर्थन गर्न बाध्य छ । होइन भने माओवादी केन्द्रले राष्ट्रपति र प्रतिनिधिसभाका सभामुख दिनुपर्ने प्रस्ताव गरेको देखिएको छ ।

एमालेले पनि ०७४ सालको निर्वाचनपछि बनेको सरकारका पालामा माओवादी केन्द्रलाई प्रधानमन्त्री पद आलोपालो प्रणालीअनुसार हस्तान्तरण नगरेकै विषयलाई लिएर विवाद भएको थियो । त्यसैले एमालेले पनि राष्ट्रपति पद आफूले लिएर प्रधानमन्त्री पद माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नसक्ने सम्भावना रहेको छ । एमालेसँग माओवादी केन्द्र सहमत भएमा नेपाली काङ्ग्रेस प्रतिपक्षमा पुग्नेछ भने एमालेसँग नेपाली काङ्ग्रेसको प्रकाशमान पक्ष सहमत भएको खण्डमा नेपाली काङ्ग्रेसमा विभाजन आउनसक्ने देखिएको छ । माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला भएको बतायो । त्यो काङ्ग्रेसलाई तर्साउने र एमालेलाई झस्काउने नीतिअन्तर्गत आएको कुरा थियो । जुन भनाइले काङ्ग्रेस त तर्सियो तर एमाले टसमस भएन ।

माओवादीले गठबन्धनकै सरकार गठन गर्ने बताउँदै आइरहे पनि एमालेसँग पनि छलफल गरिरहेको छ । एमाले र माओवादीका नेताहरूबिच विभिन्न कोणबाट सरकार गठनको बारेमा छलफल भइरहेको छ । एमालेले माओवादीलाई गठबन्धन बाहिर ल्याएर आफूसँग सत्ता सहकार्य गराउन खोजेको छ । तर, ०७४ मा ओलीले आलोपालो सहमतिमा इमान्दारिता नदेखाएपछि माओवादी त्यसबारे सचेत छ । एमालेले माओवादीलाई गठबन्धनबाट बाहिर ल्याउनका लागि पहिलो कार्यकाल प्रधानमन्त्री दिने आश्वासन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...