अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ : कमल थापा



हाम्रो इकोनोमि

 

 

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको लागि राष्ट्रपतिले सरकारलाई नै फिर्ता पठाउनु पर्ने बताएका छन् । संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको संवैधानिक अधिकार र जिम्मेवारी रहेको थापाले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले नयाँ संसद गठन भैसकेको अवस्थामा गम्भीर अपराधिक घटनाका अभियुक्त/अपराधीहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको लागि राष्ट्रपतिले  फिर्ता पठाउनुपर्ने बताए ।

थापाले भनेका छन्ः

नयाँ संसद गठन भैसकेको अवस्थामा गम्भीर अपराधिक घटनाका अभियुक्त/अपराधीहरुलाई उन्मुक्ति दिनेगरी कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको निम्ति सरकारलाई नै राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ । संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो । संसदले पारित गरेको विधेयक संसदमा पुनर्विचारको निम्ति पठाउन सकिन्छ भने सरकारले ल्याएको अध्यादेश सरकारलाई पुनर्विचारको निम्ति राष्ट्रपतिले पठाउन सक्नुहुन्छ । यो राष्ट्रपतिको संवैधानिक अधिकार र जिम्मेवारी हो।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...