अध्यादेश तत्काल फिर्ता होस् : गगन थापा



हाम्रो इकोनोमि

 

 

रेशम चौधरीलाई जुलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयमा कांग्रेस महामन्त्री गगन थापाले कडा आपत्ति जनाएका छन् । यस्तो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको प्रष्ट पारेका छन् । ‘विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन ।’

गगनले अहिलेको सरकार कामचलाउ भएकाले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने बताएका छन् । उनी थप्छन्, ‘अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।’ अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने पनि थापाले स्पष्ट पारेका छन् ।

यदि यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखेको खण्डमा नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाढि बढाउन सक्ने उनको भनाइ छ । अदालत र संसदको क्षेत्राधिकारमाथि कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...