सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गर्यो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति एमाले सचिव योगेश भट्टराईले विरोध जनाएका छन् । गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ !’ उनले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणमा गठबन्धन रहेसम्म यस्तै भइराख्ने जिकिर गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...