रेशम चौधरीलाई रिहा गर्ने अध्यादेश गलत : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

शेरबहादुर नेतृत्वको सरकारले हिजो रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसका तीन युवा नेता नैतिक दबाबमा परे । उपाध्यक्ष धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसमा के अडान लिन्छन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठ्यो ।

यी तीन नेताहरूमाथि प्रश्न उठ्नुको कारण यो थियो कि विगमा उनीहरूले टीकापुर घटनाका आरोपीलाई राजनीतिक सौदावाजीका आधारमा उन्मुक्ति दिन नहुने पक्षमा वकालत गरेका थिए । तत्कालीन एमाले नेतृत्वको सरकारले रेशम चौधरीलाई छोड्न पहल गर्ने सहमति गरेपछि नेतात्रयले सामाजिक सञ्जालबाट विरोध गरेका स्क्रिनसट भाइरल भएका छन् ।

अहिले उनीहरूकै पार्टीको सरकारले एक कदम अगाडि बढेर अपराधिक घटनाका अभियुक्तलाई छुटाउन अध्यादेश ल्याउने निर्णय लिएको छ । के नेतात्रयहरू पुरानै अडानमा कायम रहन सक्लान् ? कम्तिमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इमान्दारिता देखाएका छन् । प्रश्न उठ्नासाथ उनले सामाजिक सञ्जालमै जवाफ दिए । पार्टीभन्दा माथि उठेर आफू पुरानै अडानमा रहेको बताए । यो अध्यादेश सम्पूर्णरूपले गलत रहेको उनको टिप्पणी छ ।

शर्माले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति । संक्रमणकालमा अध्यादेश ल्याउन दलहरुबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत ।’शर्माले यो कानूनी र राजनैतिक प्रश्न मात्र नभएर यो प्रकरणमा नैतिक पनि जोडिएको बताएका छन् । आफ्नो ट्वीटमा उनले प्रधानमन्त्रीलाई मेन्सनसमेत गरेका छन् । अर्का महामन्त्री थापा र उपाध्यक्ष गुरुङको भने नयाँ प्रतिक्रिया आइसकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...