रेशम चौधरीलाई रिहा गर्ने अध्यादेश गलत : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

शेरबहादुर नेतृत्वको सरकारले हिजो रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसका तीन युवा नेता नैतिक दबाबमा परे । उपाध्यक्ष धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसमा के अडान लिन्छन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठ्यो ।

यी तीन नेताहरूमाथि प्रश्न उठ्नुको कारण यो थियो कि विगमा उनीहरूले टीकापुर घटनाका आरोपीलाई राजनीतिक सौदावाजीका आधारमा उन्मुक्ति दिन नहुने पक्षमा वकालत गरेका थिए । तत्कालीन एमाले नेतृत्वको सरकारले रेशम चौधरीलाई छोड्न पहल गर्ने सहमति गरेपछि नेतात्रयले सामाजिक सञ्जालबाट विरोध गरेका स्क्रिनसट भाइरल भएका छन् ।

अहिले उनीहरूकै पार्टीको सरकारले एक कदम अगाडि बढेर अपराधिक घटनाका अभियुक्तलाई छुटाउन अध्यादेश ल्याउने निर्णय लिएको छ । के नेतात्रयहरू पुरानै अडानमा कायम रहन सक्लान् ? कम्तिमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इमान्दारिता देखाएका छन् । प्रश्न उठ्नासाथ उनले सामाजिक सञ्जालमै जवाफ दिए । पार्टीभन्दा माथि उठेर आफू पुरानै अडानमा रहेको बताए । यो अध्यादेश सम्पूर्णरूपले गलत रहेको उनको टिप्पणी छ ।

शर्माले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति । संक्रमणकालमा अध्यादेश ल्याउन दलहरुबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत ।’शर्माले यो कानूनी र राजनैतिक प्रश्न मात्र नभएर यो प्रकरणमा नैतिक पनि जोडिएको बताएका छन् । आफ्नो ट्वीटमा उनले प्रधानमन्त्रीलाई मेन्सनसमेत गरेका छन् । अर्का महामन्त्री थापा र उपाध्यक्ष गुरुङको भने नयाँ प्रतिक्रिया आइसकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...