घनश्याम भुसाल र प्रभु साह एमालेबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

यस्तै, पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी)लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरेको उनले बताए । पार्टीका केन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह तथा पार्टीको समानुपातिक सूचीमा भएर पार्टीविरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...