घनश्याम भुसाल र प्रभु साह एमालेबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

यस्तै, पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी)लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरेको उनले बताए । पार्टीका केन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह तथा पार्टीको समानुपातिक सूचीमा भएर पार्टीविरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...