कांग्रेसको ३२ समानुपातिक सांसदमा नेताका श्रीमती पनि



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । ३२ जनामध्ये २९ जना महिला उम्मेदवारको नाम छनोटमा परेका छन् । छनोटमा परेकामध्ये आरजु राणा प्रधानमन्त्री शेरबहादुर देउवा र मञ्जु खाण गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् ।

कांग्रेसले खस आर्यबाट डा. प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।

दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण पुरुषतर्फबाट विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत मात्रै सांसद बन्ने भएका छन् भने आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...