निर्वाचन परिणामले संघीयता फेल भयो : विप्लव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा संघीयताको औचित्य नभएको बताएका छन् ।अहिलेको संघीयताले नेताको मात्रै व्यवस्थापन भएकाले यस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उनले बताएका हुन् ।

रिपोर्टर्स क्लबले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मत परिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको जिकिर गरे ।

नेपालमा अझैसम्म जनक्रान्ति नसकिएको पार्टीको नारा के हो भन्ने पत्रकारको जिज्ञासामा नेता विप्लवले भने, ‘हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण हो, यो नागरिकले नपाएको प्रस्ट छ ।’

उनले मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको उल्टै थप संकटतर्फ धकेलेको दाबी गरे ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ३ बुँदे सहमति भएको र वर्तमान सरकारसंग पनि सहमति कार्यान्वयन गर्न विभिन्न कोणबाट छलफल भइरहेको विप्वलले जानकारी दिए ।

नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा आफ्नो जोड रहेको बताउँदै उनले नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरुले त्यसका विरुद्ध अनेक तिकडम गरिरहेको तर्क गरे । पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउँदै उनले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...