नेपाल स्काउटको सम्पत्तिमा फेरि जबर्जस्ती



हाम्रो इकोनोमि

 

 

कांग्रेस सांसद तथा पूर्वमन्त्री दीपक खड्काले शक्तिको आडमा पुन: आफ्नो जग्गामा अनधिकृत कब्जा जमाएकोमा नेपाल स्काउटले आपत्ति जनाएको छ । काठमाडौं महानगरपालिका- २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो ।

सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अवहेलना गरेर अमुक व्यापारीको पक्षमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटेको प्रहरी टोलीले गुण्डागर्दी शैलीमा कार्यालयका सुरक्षा कर्मीमाथि बिहीबार हातपात एवम् लछारपछार गरेको स्काउटको भनाइ छ ।

सांसद खड्काको आदेशमा बालकालिकाहरुको आवासीय प्रशिक्षण कार्यक्रम भइरहेको बेला नेपाल स्काउटको प्रधान कार्यालय परिसरका सुरक्षाका लागि बन्द गरिएको गेट, एउटा पार्टी प्यालेसलाई असहज भएको भन्दै बिहीबार जबरजस्ती तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।

गैरकानूनी काम नगर्न आग्रह गर्दा माथिको आदेश छ हामीलाई अदातलको मतलब छैन चिन्न बनुझे प्रहरीकै विरुद्ध अदालत जानू भन्ने गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिले कानूनी राज्यको धज्जी उडाएको स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले बताए ।

स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्विवाद उपयोग गर्न पाउने सुरक्षित वातावरण मिलाउन अदातल र सरकारसँग माग गरेको छ । स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्ट खोल्न थप भौतिक संरचना निर्माण गरिएको छ ।

स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल कवल रहेका छन् । यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।

स्काउटमा नयाँ पदाधिकारी आएपछि खड्का ल्याण्डलाई भाडामा दिइएको जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको थियो । यही क्रममा तत्कालीन पदाधिकारीको मिलेमतोमा खड्का ल्याण्डले स्काउटको जग्गामा अनधिकृत कब्जा जमाएको सार्वजनिक भएको हो । यसमा पछि अदालतसमेत खड्का ल्याण्डको सहयोगी बन्न पुगेको हो ।

स्काउट कर्मचारीहरुका अनुसार तत्कालीन पदाधिकारी र पुराना कर्मचारीहरुसँग खड्काले सेटिङ गरेका हुन् ।

स्काउटलाई घाटा हुने गरी खड्का ल्याण्डसँग सेटिङ गरिएको पाइएपछि नयाँ पदाधिकारीले जग्गा खाली गराउन खोजेको कर्मचारीहरू बताउँछन् । तर, स्काउटले खड्का ल्याण्डबाट जग्गा फिर्ता पाउनु त कता हो कता उल्टै अदालतमा मुद्दा खेप्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...