यी हुन एमालेबाट समानुपातिकतर्फ ३४ जना सांसद



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको समानुपातिकतर्फको सांसदको अन्तिम टुंगो लगाउन आज सचिवालय बैठक बस्दैछ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठकबाट समानुपातिक सांसदको निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेका उम्मेदवारहरुको क्लष्टरसहित सूचीमा रहेको नाम मिलाएर पठाउन पत्र पठाएलगत्तै एमालेले बैठकबाटै निर्णय गरेर पठाउन लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आज दिउँसो १ बजे बैठक बस्दैछ । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट खसआर्य, आदिवासी जनजाती, दलित, थारु, मधेसी र मुस्लिम गरी ६ वटा क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनु पर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।

समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट ३३ प्रतिशत पुर्याउनका लागि १९ जना महिला पठाउनुपर्ने देखिएको छ । अन्य उम्मेदवार भने पुरुष निर्वाचित हुनेछन ।

 

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)

खस आर्यबाट ११ जना

रघुजी पन्त

एकनाथ ढकाल

कुमार दसौदी

दयालबहादुर शाही (खस आर्य)

खिमलाल पोखरेल

मुक्तिप्रसाद पाठक

मेनकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

 

आदिवासी जनजातिबाट १० जना

 

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

भीमबहादुर खवास

नैनकला थापामगर

सुर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ति

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

 

दलित ५ जना

 

ईश्वरबहादुर रिजाल(विक)

प्रभु हजारा दुसाध

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

इन्दिराकुमारी पन्थी

 

मधेशी ५ जना

 

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

वीना देवी

अमृतादेवी अग्रहरी

प्रतिक्षा तिवारी

 

थारु २ जना

 

सत्यनारायण चौधरी

अस्माकुमारी चौधरी

 

मुस्लिम १ जना

रुही नाज

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...