महाभियोग निष्क्रिय भएको छैन : सञ्चारमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले पठाएको सन्दर्भमा संसद सचिवालय र सरकारबीच कुरा बाझिएको छ । सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएका छन् ।

उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जिवितै रहेको बताएका हुन् ।

‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...