महाभियोग निष्क्रिय भएको छैन : सञ्चारमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले पठाएको सन्दर्भमा संसद सचिवालय र सरकारबीच कुरा बाझिएको छ । सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएका छन् ।

उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जिवितै रहेको बताएका हुन् ।

‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...