महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने काङ्ग्रेको तयारी



हाम्रो इकोनोमि

 

 

अबको राष्ट्रपति कसलाई बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । पश्चिमा शक्तिले बाबुराम भट्टराईलाई राष्ट्रपति चयन गर्न दबाब पैदा गर्न थालेको बुझिएको छ, जबकि सत्ता गठबन्धनका कुनै पनि नेताहरू बाबुरामप्रति सकारात्मक छैनन् । त्यसैले राष्ट्रपति चयनमा पश्चिमी इच्छा र योजना पूरा नहुने देखिएको छ । ज्ञातव्य छ, पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम र झलनाथ खनाल मात्र प्रतिनिधिसभामा जान असफल भएका छन् ।

उल्लिखित व्यक्तिहरूको समर्थनमा प्रतिनिधिसभाभित्र एक जना पनि सांसद रहेको विश्वास गरिँदैन । समाजवादीका तर्फबाट विजयी दश सांसदहरू समेत झलनाथको औपचारिकबाहेक अनौपचारिक समर्थनमा नरहेको बुझिन्छ, जबकि झलनाथ खनालले पनि राष्ट्रपति पदमा दाबी गर्न खोजिरहेका छन् । तर खनालका निम्ति बाबुरामलाई झैँ कुनै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबाट दबाब या सुझाव आएको बुझिँदैन ।

काङ्ग्रेस पार्टी राष्ट्रपतिको उम्मेदवार चयन गर्न स्वतन्त्र भयो भने उसले मानबहादुर विश्वकर्मालाई अघि बढाउने सम्भावना छ । उपराष्ट्रपतिमा माओवादीले अग्नि सापकोटालाई चयन गर्ने बुझिएको छ ।

लोसपाका नेता महन्थ ठाकुर सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना अधिक रहेको छ । ठाकुरको पार्टी लोसपाका तर्फबाट शरतसिंह भण्डारी मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ । प्राप्त जानकारीअनुसार लोसपालाई काङ्ग्रेसमै बिलय गराउने योजना पनि बनेको छ । लोसपानेतृ चन्दा चौधरी निर्वाचनअगाडि नै काङ्ग्रेस प्रवेश गरिसकेकी छन् । उनको काङ्ग्रेस प्रवेशलाई विश्लेषकहरूले त्यतिबेलै अर्थपूर्ण मानेका थिए । ज्ञातव्य छ, लोसपालाई काङ्ग्रेस नश्लको पार्टीका रूपमा हेरिँदै आएको छ । मधेशकेन्द्रीत समूहहरूमध्ये जसपा (उपेन्द्र यादव)लाई वामपन्थी रुझानको अर्थात् कम्युनष्टनिकट मानिन्छ । त्यसैले ढिलो या चाँडो लोसपाको विलय काङ्ग्रेसमा हुने निश्चित मानिएको हो । राष्ट्रिय पार्टी बन्न नसकेकोले पनि लोसपामाथि काङ्ग्रेसमा विलय हुन दबाब बढिरहेको छ ।

मिलेसम्म प्रधानमन्त्री बन्ने र नमिले राष्ट्रपतिमै चित्त बुझाउने मानसिकता रामचन्द्र पौडेलले बनाएका छन् । गठबन्धनका नेताहरूका निम्ति पौडेलले असहजता पैदा गर्न सक्ने देखिएको छ । देउवासँग लेनदेनमा सम्झौता गर्ने मानसिकतामा रहेका पौडेलले राष्ट्रपति र प्रधानमन्त्री बाहेकका जिम्मेवारी ग्रहण गर्ने विश्वास गरिएको छैन । तर पौडेललाई दुवै जिम्मेवारी मिल्ने सम्भावना न्यून देखिन्छ । उनलाई उपप्रधानमन्त्रीको हैसियतमा रक्षामन्त्रालयको जिम्मेवारी सुम्पनु उपयुक्त हुने सुझाव पनि कतिपयले देउवालाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...