देउवा संसदीय दलमा अल्पमतमा पर्ने संकेत



हाम्रो इकोनोमि

 

 

मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन नेताहरुले संसदीय दलको नेता बन्न गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनकै सरकार बनाउने शीर्ष तहमा समझदारी बनेपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्न हानथाप भएको हो । गठबन्धनको सरकार बन्ने भएपछि कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र महामन्त्री थापाले पहल थालेका छन् ।

तर, देउवाले टिकट वितरणमै संस्थापन इतर समूह आफूमाथि हावी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । गठबन्धनबाट ९१ सीट उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ । संस्थापन पक्षबाट ५० जनाले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन् । शेखर-गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, रामचन्द्र-शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन् ।

१४औं महाधिवेशनपछि संस्थापन इतर पक्ष तितरबितर भएपछि देउवालाई पार्टीभित्र हावी हुन ‘कम्फटेबल’ भएको छ । इतर पक्ष विभाजित बने पनि देउवाले आफ्नो शक्ति सन्तुलनलाई कामयै राखेका छन् । कांग्रेसमा देउवासँगै उनकी पत्नी आरजु राणा देउवा पनि उत्तिकै सक्रिय खेलाडीमध्येकी एक हुन् । महाधिवेशनमा अलग गुटमा देखिएपछि अहिले आरजुसँगको सम्झौताकै कारणले कतिपय सांसदहरु दायाँबायाँ गर्न सक्ने अवस्थामा छैनन् ।

तर, गृहमन्त्री बालकृष्ण खाण, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरीलगायत केही नेताहरुले चुनाव हारे । त्यसले देउवालाई राजनीतिक रुपमा भने केही क्षति भयो । देउवाको विकल्पमा संसदीय दलको नेतामा अरुको कुनै सम्भावना नभएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा दाबी गर्छन् ।

उनी भन्छन्, ‘संसदीय दलको नेता चयन गर्न अब कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । त्यहाँ सभापतिजीले इच्छा व्यक्ति गर्नुभयो भने अरुको कुनै सम्भावना छैन ।’ अहिले पार्टीमा देउवाकै बाक्लो पहुँच भएकाले अरुको सम्भावना नै नभएको उनी जिकिर गर्छन् । संस्थापन इतर पक्षबाट चुनाव लडेकाहरु पनि सरकार बन्दा मन्त्रीसहित लाभको पदको लोभकै कारणले अधिकांश देउवातिरै खुल्ने उनी निकट नेताहरु बताउँछन् ।

देउवा इतर तितरबितर

पार्टीमा संस्थापन इतर पक्ष नै तितरबितर भएको कारणले संसदीय दलमा देउवालाई हावी हुन सहज भएको छ । इतर समूहबाट प्रधानमन्त्रीको चाहना राखिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला, पूर्वमहामन्त्रीहरू सिंह र कोइराला अलग-अलग भएका छन् । तर, देउवा इतर समूह एकजुट भए देउवालाई टक्कर दिने अंकगणित देखिएको छ ।

संसदीय दलको निर्वाचनको तयारी थालेको महामन्त्री थापाले एक्लै लडे ६÷७ मतभन्दा धेरै ल्याउन नसक्ने कांग्रेस संस्थापन इतर पक्षकै एक शीर्ष नेताले दाबी गरे । तीन नेताले भने, ‘पुरानो संस्थापन (कोइराला) समूहबाट रामचन्द्र पौडेल या शशांक कोइराला एकलाई अघि सारेमात्रै देउवालाई टक्कर दिन सकिने देखिन्छ । तर, गगनले जस्तो एक्लै दाबी गरेर अघि बढे ‘डबल डिजिट’ कटाउन सक्ने देखिँदैन ।’

पुरानो संस्थापन समूहबाट गगनलाई सर्वसम्मत अघि सार्ने सम्भावना नभएको ती नेताको भनाइ छ । अहिले इतर पक्षबाट नेता पौडेल, प्रकाशमान सिंह, महामन्त्री थापाले तीव्र रुपमा दलको नेताको निर्वाचनको तयारी थालिसकेका छन् ।

शेखर कोइरालाले आफ्नो पोजिशन प्रस्ट पारेका छैनन् । शशांक पनि खुलिसकेका छैनन् । यद्यपि उनले आफू प्रधानमन्त्री बन्न अन्तिम पटक चुनाव लडेको भनेर भोट मागेका थिए । शेखरले गगनको पक्षमा पनि आफूलाई खुलाइसकेका छैनन् र आफ्नो दाबी पनि पेश गरेका छैनन् ।

बिहीबार विराटनगर पुगेका नेता कोइरालाले भनेका थिए, ‘संसदीय दलमा नम्बर गेम मुख्य कुरा हुन्छ । अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ । तर, यसबारे कुरा हुन पाएको छैन । म उहाँसहित महामन्त्री थापा र अन्य नेताहरूसँग छलफलपछि मात्रै निर्णय गर्छु ।’

तर, नेता कोइरालासँग देउवाले संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरिसकेका छन् । चुनावअघि नै देउवा र कोइरालाबीच यसबारेमा कुरा भएको र शेखरले देउवासँग गगन थापा चुनाव लड्ने अवस्थामा गगनको पक्षमा खुल्ने सम्भावना नरहेको उनी निकट नेताहरूले बताएका छन् । अहिले देउवातिर समूह लगभग विघटनको अवस्थामा पुगेको छ ।

महाधिवेशनकै वेला देउवातिर समूह फुटेर तीन समूहमा तितरबितर भएको थियो । अहिले पनि रामचन्द्र र शशांक एउटा समूहमा छन् भने प्रकाशमान सिंहले अलग समूह बनाएका छन् ।

शेखर-गगन समूह महाधिवेशनको आधारमा एक ठाउँमा प्राविधिक रुपले देखिए पनि सोही समूहका नेताहरूले टिकट लिने वेलामै देउवासँग सम्झौता गरिसकेका छन् । महाधिवेशनमा मौन रहेका पछि देउवातिर ढल्किएका वरिष्ठ नेता पौडेलले पनि संसदीय दलबाट नेता चुनिन सम्भावना छैन । त्यसैले देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्न पार्टीभित्रबाट रोक्ने सम्भावना छैन ।

शेखर-गगन समूह एकजुट भएर गगनलाई दलको नेतामा सहयोग गर्ने हो भने कडा टक्कर दिनसक्छन् । तर, शेखर समूहकै कतिपय सांसदहरु गगनसँग सन्तुष्ट छैनन् । उदाहरणका लागि सुनिल शर्मा शेखर नजिक छन् । तर, गगनलाई उनले भोट दिन सक्दैनन् । किनभने गगनको समर्थन पाएका डा.गोविन्द केसीबाट उनी पटकपटक अपमानित र चरित्रहत्याको शिकार बनेका छन् ।

शेखर गगन समूहका कतिपय नेताहरु गगनको प्रगतिबाट लघुताभासमा छन् । गगन संसदीय दलको नेतामा चुनाव लड्दा देउवा पक्षकै केही सांसद र प्रकाशमान निकटका सन्तोष चालिसे, राजन केसीलगायतले मत दिन सक्छन् । स्याङजा १ बाट निर्वाचित राजु थापा जिल्ला अधिवेशनमा सभापति बन्ने वेला देउवा इतर समूहसँग मिले पनि केन्द्रमा उनी देउवा समूहकै मानिन्छन् । तर, दलको नेतामा उनले गगन थापालाई मत दिनसक्ने आँकलन छ ।

शेखर निकटकै सांसदहरु मन्त्री बन्न देउवासँगै नजिक हुन खोजिरहेका छन् । उनीहरु गगनतिर देखिएर मन्त्री बन्ने अवसर गुमाउन चाहँदैनन् । रामचन्द्र-शशांक, शेखर-गगन र प्रकाशमान-विश्वप्रकाश समूह एकजुट भएर सर्वसम्मत रुपमा एकजनालाई दलको नेतामा अघि सर्दा देउवा कमजोर हुनसक्छन् ।

तर, देउवा आफूविरुद्ध इतर समूह एकजुट हुन नदिन सफल भइसकेका छन् र कथंकदाचित त्यो अवस्था आए त्यसअघि नै उनी राष्ट्रपति बनेर सुरक्षित अवतरण गर्ने सुविधाजनक ठाउँमा रहेका छन् । अहिलेसम्म संसदीय दलमा देउवा सुविधाजनक बहुमतमा छन् । महाधिवेशनको समूहगत आधारमा कुन समूहबाट क-कसले जिते ? थाहा पाउन हेर्नुस् तलको सूची । तर, यीमध्ये कतिपय सांसदले टिकटकै वेला देउवालाई सघाउने भनिसकेका छन् ।

देउवा-सिटौला समूह

प्रदेश १

सीता गुरुङ, तेह्रथुम

ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ४

डा.नारायण खड्का, उदयपुर १

रामहरि खतिवडा, ओखलढुंगा

 

मधेस

दिनेश यादव, सप्तरी ३

महेन्द्रकुमार राय, महोत्तरी ४

अजयकुमार चौरसिया, पर्सा २

रमेश रिजाल, पर्सा ४

 

बागमती

श्याम घिमिरे, सिन्धुली १

कान्छाराम तामाङ, रामेछाप

मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक २

दुर्लभकुमार थापा, भक्तपुर २

उदय शमशेर जबरा, ललितपुर १

मोहन आचार्य, रसुवा

प्रदीप पौडेल, काठमाडौं ५

 

गण्डकी

शंकर भण्डारी, तनहुँ २

खम्बीर गर्बुजा, म्याग्दी

राजु थापा, स्याङजा १

टेकबहादुर गुरुङ, मनाङ

 

लुम्बिनी

किशोरसिंह राठौर, बाँके ३

विनोद चौधरी, पश्चिम नवलपरासी १

 

कर्णाली

पूर्णबहादुर खड्का, सुर्खेत १

ऐनबहादुर शाही, मुगु

 

सुदूरपश्चिम

वीरबहादुर बलायर, कैलाली ४

डिल्लीराज पन्त, कैलाली ५

एनपी साउद, कञ्चनपुर २

रमेश लेखक, कञ्चनपुर ३

शेरबहादुर देउवा, डडेलधुरा

पुष्पबहादुर शाह, अछाम २

शेखर-गगन समूह

प्रदेश १

डिगबहादुर लिम्बू, मोरङ १

सुनिल शर्मा, मोरङ ३

शेखर कोइराला, मोरङ ६

 

मधेस

तेजुलाल चौधरी, सप्तरी ४

रामकृष्ण यादव, धनुषा २

देवप्रसाद तिमल्सिना, रौतहट ४

 

बागमती

गगन थापा, काठमाडौं ४

अर्जुननरसिंह केसी, नुवाकोट २

रामनाथ अधिकारी, धादिङ १

 

गण्डकी

योगेश गौचन, मुस्ताङ

धनराज गुरुङ, स्याङजा २

राजेन्द्र बजगाईं, गोरखा १

 

लुम्बिनी

चन्द्र भण्डारी, गुल्मी १

सञ्जय गौतम, बर्दिया १

 

कर्णाली

हृदयराम थानी, सुर्खेत २

दिक्पाल शाही, दैलेख २

 

सुदूरपश्चिम

बद्री पाण्डे, बाजुरा

दिलेन्द्र बडू, दार्चुला

रामचन्द्र-शशांक समूह

दीपक खड्का, संखुवासभा

रामचन्द्र पौडेल, तनहुँ १

शशांक कोइराला, नवलपुर १

विष्णु कार्की, नवलपुर २

दीपक गिरी, दाङ ३

सुरेन्द्र आचार्य, कपिलवस्तु २

प्रकाशमान-विश्वप्रकाश समूह

विश्वप्रकाश शर्मा, झापा १

प्रकाशमान सिंह, काठमाडौं १

सन्तोष चालिसे, काठमाडौं ३

राजन केसी, काठमाडौं १०

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...