महाकाली नदीमा एकलौटी संरचना बनाउन मिल्दैन : एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ ।महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको हो ।

महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताएका छन् ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...