एमालेसँग सहकार्य तोड्ने निर्णय भएको छैन : अशोक राई



हाम्रो इकोनोमि

 

तपाईंको अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकियो, अब फरक ढंगले जान्छौं भन्नुभएको छ यो उहाँको व्यक्तिगत धारणा हो कि पार्टीको निर्णय हो ?

यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ ।

 

यहाँलाई के लाग्छ ? यो तालमेल सकेर जाने कि एमालेसँग सहकार्य गरेर ?

हामी छलफल गर्छौं । हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।

 

तपाईंको टिमको धारणा एमालेसँग सहकार्य गरेर जानुपर्छ भन्ने रहेको र अध्यक्षको चाहिँ फरक भनाइ आएको भनेर टिप्पणी आएको छ नि ?

त्यसमा हाम्रो कुनै मतभिन्नता भन्ने कुरा छैन । हिजो जे सहमति गरियो, त्यो पनि सहमतिपूर्वक नै भएको हो, अब हामी जे गर्छौं त्यो पनि सहमतिपूर्वक नै गर्छौं ।

 

त्यसोभए अध्यक्षले भनेको व्यक्तिगत कुरा नै हो ?

त्यो अहिलेलाई उहाँको व्यक्तिगत नै कुरा हो । किनभने हाम्रोबीचमा बैठक बसेर छलफल भएको छैन । एमालेसँग भएको सहमति पत्रमा उल्लेख भएको कुरा के हो भने निर्वाचनको तालमेल र निर्वाचन पछिको तालमेल जारी राख्ने भन्ने कुरा हो । त्यस आधारमा मैले भन्न खोजेको हो ।

 

भनेपछि कहिलेसम्म आउला त तपाईंहरुको आधिकारिक धारणा ?

अब हामी छिटै नै बस्छौं । यहाँ निर्वाचन क्षेत्र नम्बर १ सुनसरीमा म आज बस्ने अन्तिम दिन हो, थ्यांकस गिभिङको लागि । निर्वाचन परिचालन समितिले बनाएको यो कार्यक्रम सकिएपछि म काठमाडौं जान्छु र हामी बसेर कुराकानी गर्छौं ।

 

तपाईंलाई अब बन्ने नयाँ सरकारको नेतृत्व कसले गर्नुपर्छ भन्ने लाग्छ ?

सरकार बनाउने प्रयासहरु चलिरहेको कुरा सुनेको छु । सबैभन्दा ठूलो दलको हिसाबले नेपाली कांग्रेसले सरकार गठनको पहल गर्नुपर्ने अवस्था छ । गठबन्धनले नेतृत्व गरेर सरकार बन्ने सम्भावना देख्छु । यदि त्यो सम्भावना यदि साकार हुन सकेन भने त्यसपछिको मुख्य दल नेकपा एमालेले पनि प्रयत्न गर्ने अवस्था रहला । जहाँसम्म हाम्रो जनता समाजवादी पार्टीको कुरा छ, अहिले जनताहरुलाई थ्यांकस गिभिङमा लागिरहेका छौं । समानुपातिकको मत बाँडफाँट चलिरहेको हुँदा समग्र सिट संख्याको तस्वीर आइसकेपछि मात्रै बैठकबाट आफ्नो दृष्टिकोणलाई अघि सार्छौं ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...