अध्यक्ष ओलीले योगेश भट्टराईलाई दिए बधाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी सचिव एवम् युवा नेता योगेश भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार बिहान ओलीलाई भेट्न बालोकोट पुगेका भट्टराईलाई ओलीले निर्वाचन जितेकामा बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय अभियानलाई सार्थक बनाउन सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

निर्वाचनपछि पहिलोपल्ट भएको भेटमा बधाई तथा शुभकामना साटासाट गरिनाका साथै समसामयिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेता भट्टराईले बदलिदो राजनीतिक परिवेशमा एमालेले अब चाल्नुपर्ने राजनीतिक कदमबारे अध्यक्ष ओलीसमक्ष आफ्नो विचार व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...