अध्यक्ष ओलीले योगेश भट्टराईलाई दिए बधाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी सचिव एवम् युवा नेता योगेश भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार बिहान ओलीलाई भेट्न बालोकोट पुगेका भट्टराईलाई ओलीले निर्वाचन जितेकामा बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय अभियानलाई सार्थक बनाउन सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

निर्वाचनपछि पहिलोपल्ट भएको भेटमा बधाई तथा शुभकामना साटासाट गरिनाका साथै समसामयिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेता भट्टराईले बदलिदो राजनीतिक परिवेशमा एमालेले अब चाल्नुपर्ने राजनीतिक कदमबारे अध्यक्ष ओलीसमक्ष आफ्नो विचार व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...