सत्ता गठबन्धनको आएन बहुमत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन निर्वाचनमा बहुमत जुटाउन असफल बनेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा होमिएको ५ दलीय सत्ता गठबन्धन चुनावमा बहुमत जुटाउन असफल बनेको हो ।

आजसम्म कुल १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फको मतगणना सकिदा सत्ता गठबन्धनले १३६ सिटमा मात्रै जित निकालेको छ । सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । सर्वाेच्च अदालतको परमादेशबाट सरकारमा पुगेको गठबन्धनलले बहुमत नपाएसँगै परमादेशलाई जनादेशले खारेज गरेको तथ्य पनि उजागर भएको छ ।

निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी ८९ सिट जित्ने देखिएको छ । यस्तै नेकपा माओवादीले १८ प्रत्यक्ष र १४ समानुपातिक गरी ३२ सिट, नेकपा समाजवादीले १० सिट प्रत्यक्षमा जितेको छ । सो दलले समानुपातिमा थ्रेसहोल्ड कटाउन असफल बनेको छ ।

यस्तै सत्ता गठबन्धनकै जनमोर्चाले१ सिट जितेको छ भने लोसपाले ४ सिट जितेको छ । यी तीनवटै दल समानुपातिकमा थ्रेसहोल्ड कटाउन असफल बनेका छन । सत्ता गठबन्धनमा रहेको कांग्रेस र माओवादीले मात्रै थ्रेसहोल्ड कटाएको हो । निर्वाचनमा नेकपा एमालेले ४४ प्रत्यक्ष र समानुपातिकमा सवैभन्दा बढी ३४ सिट जितेर ७८ स्थान, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट, राप्रपाले७ प्रत्यक्ष र ७ समानुपातिक गरी १४ सिट जितेको छ ।

यस्तै जसपा ७ प्रत्यक्ष र ५ समानुपातिक गरी १२, जनमत पार्टी १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५, नागरिक उन्मुक्ति पार्टी प्रत्यक्षमा ३ सिट जितेको छ । यस्तै नेमकिपाले१ सिट र ५ जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...